दफा ३०
न्यूनतम खर्च दिन सकिने
(१) कसूरको अनुसन्धान तथा तहकिकात गर्दा वा मुद्दाको कारबाही गर्दा कुनै व्यक्तिको सम्पूर्ण सम्पत्ति यस ऐन बमोजिम रोक्का भएको वा नियन्त्रणमा लिइएको रहेछ र निज र निजसँग आश्रित व्यक्तिको जीवनयापनको लागि अर्काे कुनै उपाय वा स्रोत रहेनछ भने निज र निजसँग आश्रित व्यक्तिको मानवोचित जीवन यापनका लागि आवश्यक पर्ने न्यूनतम् सम्पत्ति फुकुवा गरिदिन वा त्यसरी रोक्का रहेको वा नियन्त्रणमा लिइएको सम्पत्ति मध्येबाट त्यस्ता व्यक्तिलाई न्यूनतम रूपमा जीवनयापन गर्नको लागि आवश्यक पर्ने सम्पत्ति उपलब्ध गराउन अदालतले आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश भएमा देहाय बमोजिम गर्नु पर्नेछ ः–
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
ज्ञठ
(क) कसूर सम्बन्धी मुद्दा अदालतमा दायर भइनसकेको भए अनुसन्धान अधिकारीले रोक्का भएको सम्पत्तिबाट अदालतको आदेश बमोजिमको सम्पत्ति वा साधन फुकुवा गरिदिनु पर्नेछ ।
(ख) नियन्त्रणमा लिइएको सम्पत्ति अनुसन्धान अधिकारीले दफा ५ बमोजिम विभाग वा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको भए विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तथा बुझाइ नसकेको भए अनुसन्धान अधिकारीले अदालतको आदेश बमोजिमको सम्पत्ति वा साधन फिर्ता गर्नु पर्नेछ ।
(ग) नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन दफा २१ बमोजिम लिलाम बिक्री गरी सोबाट प्राप्त रकम धरौटी खातामा जम्मा गरिएको भए वा विदेशी मुद्रा वा विनिमेय अधिकार पत्र वा बुहमूल्य धातु वा वस्तु बैङ्कमा जम्मा गरिएको भए विभाग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अदालतको आदेश बमोजिमको सम्पत्ति फिर्ता गरिदिनु पर्नेछ ।